FAQs Complain Problems

समाचार

स्वागत कार्यक्रम

अाज मिति २०७४।४।३२ गते यस म्याग्दे गाउँपालिकामा जिल्ला समन्वय समितिका सभापति श्री शान्तिरमण वाग्ले, उपसभापति श्री पवित्रा पाैडेल, सदस्यद्धय श्री निलबहादुर थापा, श्री गलबहादुर गुरुङलाई स्वागत कार्यक्रम सम्पन्न भयाे। साे स्वागत कार्यक्रमको अध्यक्षता म्याग्दे गाउँपाालिकाका अध्यक्ष श्री माया देवी राना अालेकाे स‌याेजकत्वमा सम्पन्न भएकाे थियो । यस म्याग्दे गाउँपालिका उपाध्यक्ष श्री बालकृष्ण घिमिरेले गाउँपालिकाका स्थापना समय देखि हालसम्म गाउँपालिकाले भए गरेका कार्यहरु, गाउँपालिका समस्याका उल्लेख गर्दै जिल्ला समन्वय समितिकाे सहयाेगकाे अपेक्षा गर्नुभएकाे थियाे । उक्त कार्यक्रम जिल्ला समन्वय समितिका उपसभापति श्री पवित्रा पाैडेलले जननिर्वाचित प्रतिनिधिहरुले जनताका कामहरु छिटाेछरिताे रुपमा गर्नुपर्ने विचार व्यक्त गर्नुभएको थियाे । साे अवसरमा जिल्ला समन्वय समितिका सभापति श्री शान्तिरमण वाग्लेले नयाँ गाउँपालिकामा समस्या रहेकाे उल्लेख गर्दै जिल्ला समन्वय समितिले प्रभावकारी समन्वय गर्ने वताउनुभयाे ।  उक्त कार्यक्रममा समितिका सदस्यद्धयले समेत अाफ्नो भनाई प्रस्तुत गर्नुभएको थियाे । उक्त कार्यक्रममा वडा अध्यक्ष, कार्यकारणीय सदस्यहरु, कार्यकारी अधिकृत, विषयगत कर्मचारीहरु लगायत कर्मचारीहरुकाे उपस्थिति रहेकाे थियाे । गाउँपालिकाका अध्यक्षज्यूले गाउँपाालिका नयाँ भएकाे, प्राविधिक कर्मचारीकाे अभाव भएको, भवनकाे समस्या रहेको उल्लेख गर्दै गाउँपालिकामा जिल्ला समन्वय समितिका सभापति, उपसभापति लगायत सदस्यद्धयलाई स्वागत गर्न पाउँदा अत्यन्त खुशी भएको विचार व्यक्त गर्दै कार्यक्रम समापन गर्नुभएकाे थियाे ।

 

आर्थिक वर्ष:

वडा पदाधिकारी